फार्मेसी नै प्रतिबन्धित लागु औषध बिक्रीमा संलग्न

चितवन । चितवनको मुक्तिनाथ डिजिटल फार्मेसीबाट प्रतिबन्धित लागु औषध बरामद भएको छ । लागु औषध बरामद भएपछि साे फार्मेसीका सञ्चालक रजत श्रेष्ठ पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनका  भरतपुर ११ मालपोतचोक नजिकै रहेको श्रेष्ठको फार्मेसीबाट लागु  औषध बरामद भएको हो ।

फार्मेशीमा केयरज्याक १७ एम्पुल, नुरफिन १७ एम्पुल, फेनारागन १७ एम्पुल, नाइट्राभेट१० ३८ ट्याव्लेट बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका श्रेष्ठलाई चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भई रहेको चितवनका प्रहरी प्रवक्ता डिएसपी  सूर्य थापाले बताएका छन् ।