सत्ता स्वार्थकै लागि नागरिकता सम्बन्धी विधेयक : राप्रपा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको नागरिकतासम्बन्धी विधेयक  सत्ता स्वार्थका लागि भएको बताएको छ ।

राप्रपाका तीन अध्यक्ष पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले सत्तास्वार्थका लागि अध्यादेश जारी गरेको आरोप लगाएका हुन् ।

राप्रपाको विज्ञप्तिमा भनिएको छ- ‘ कुनै पनि नेपालीलाई नागरिकताको प्रमाणपत्र पाउनबाट वञ्चित गर्न नहुने र कुनै पनि विदेशीले नेपाली नागरिकता पाउन हुँदैन।’