शिक्षा नीतिका विषमा बहसै नगरी, पुरानै कार्यक्रमको कपी पेष्ट शिक्षा बजेट

काठमाडाैं । कामचलाउ भनिएको सरकारले शिक्षा क्षेत्रमा एक खर्ब ८० अर्ब बजेट विनियोजन गरेको छ । अधिकांश कार्यक्रम पहिलेकै निरन्तरता भए पनि बजेटको रकममा भने वृद्धि भएकाे छ । नीति र नियम नबनाइ रकम मात्र बढाएर शिक्षा क्षेत्रको विकास होला भनेर विश्वास गर्ने ठाउँ छैन । यसै पनि नेपालको शिक्षा रटिरटाउ किताबी ज्ञानमा सीमित भएकाे तथ्य सर्वविदितै छ ।  चालु आवमा शिक्षा क्षेत्रमा एक खर्ब ७१ अर्ब ७१ करोड विनियोजन भएको थियो । जो भूकम्पले भत्किएका विद्यालयको ममर्त बाहेक कुनै पनि काममा प्रयोग भएन । यताउता चलखेल बाहेक । विद्यार्थीसम्म प्रविधिको पहुँच पुर्‍याउन स्थानीय सरकारलाई जिम्मेवार बनाउनुपर्ने शिक्षाविद्हरू बताउँछन् । जसको लागि केन्द्र सरकारले नीति बनाइदिनुपर्छ । हामीकँहा शिक्षा नीति नै कमजोर भएको जस्तो अवस्था छ । हरेक वर्ष शिक्षा नीतिका विषमा बहसै नगरी कपी पेष्टको हिसाबले बजेट विनियोजन भइरहेको छ । यसले हाम्रा विद्यार्थी अमेरिका अष्ट्रेलिया र युराेपको दाैडमा कुदिरहेका छन् ।