कहिले हुन्छ त्रिविको परीक्षा ?

काठमाडाैं । परीक्षा कहिले हुन्छ भन्ने अन्योल रहिरहेकाे बेला  अब भने त्रिविको परीक्षा हुने जस्तो देखिएको छ । लामो समयसम्म त्रिविले परिक्षा लिन सकिरहेको छैन ।  गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् ।  बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आआफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए । सोही कार्यक्रममा बास्कोटाले साउन अन्त्यसम्म परीक्षा सक्ने बताएका हुन् । निषेधाज्ञाका कारण पनि परीक्षा लिन अप्ठेरो भएको उनले बताए ।