बागमती नदीमा अवैध उत्खनन गरिरहेका एक्साभेटर प्रहरीद्वारा नियन्त्रणमा

काठमाडाैं । रौतहटको बागमती नदीमा विभिन्न ठाउँमा अवैध उत्खनन गरिरहेका एक्साभेटरलाई प्रहरीले नियन्त्रणमा लिएपछि जनप्रतिनिधिहरु छुटाउन सक्रिय भएका छन् । वृन्दावन र गढीमाई नगरपालिकाका जनप्रतिनिधिहरु नदीमा अवैध दोहन गरिरहेका एक्जाभेटर तथा तिनका चालकलाई छुटाउन पहल गरिरहेका छन् । वृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादव तथा गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहितका जनप्रतिनिधिको टोली आइतवार जिल्ला समन्वय समिति रौतहटको कार्यालय गौरमा एक्जाभेटर र चालक छुटाउन दबाब दिएका छन् ।

शुक्रबार प्रहरीले बागमती नदीमा अवैध उत्खनन गर्दै गरेका आठ एक्जाभेटरसहित सात चालकलाई छुटाउन दबाब दिएका हुन् । दुवै नगरपालिकाका जनप्रतिनिधिले बागमती नदीमा नगरपालिकाको निर्णयअनुसार नै गिटी तथा ढुंगा झिकेको जिकिर गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएको सामग्री छुटाउन जिससलाई निर्माण व्यावसायी तथा निर्माण कम्पनीहरुले पनि दबाब दिएको देखिएको छ । नागरिक दैनिकबाट ।