सांसद दवाडीको कवाडी काम, जनतालाई म्याद गु्ज्रेको औषधी वितरण

गोरखा । अर्काको सिको गर्न खोज्दा फन्दा परिन्छ । समाजसेवाका नाममा देखावटी गर्दा समस्यामा परिन्छ भन्ने कुरो गोरखा क्षेत्र नं. १ का सांसद प्रकाशचन्द्र दवाडीले देखाईदिएका छन् । अस्वस्थय प्रतिष्पर्धामा उत्रिँदै कोभिड १९ को संक्रमण फैलिरहेका बेला सांसद दवाडीले म्याद गुज्रिरहेको औषधी वितरण गरेर कवाडी काम गरेका छन् ।

उलने कोभिड संक्रमित विरामीका लागि भन्दै स्वास्थ्य संस्थालाई म्याद सकिएको औषधी हस्तान्तरण गरेर ठूलो पाप गरेका छन् । सांसद दवाडीको म्याद सकिएको औषधी वितरणको कवाडी काम देखेर अहिले सामाजिक सञ्जालहरुमा उनको चर्को विरोध देखिएको छ ।

प्रदेश सांसद दवाडीले गोरखा जिल्लाको बारपाक, सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानी, रन्चोक, स्वास्थ्य चौकीलाई वितरण गरेको सवै औषधी म्याद सकिएको पाइएको हो । केही समय अघि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सो क्षेत्रमा कोभिड संक्रमण परिक्षणका लागि एण्डिजेन परिक्षण शिविर चलाएपछि कांग्रेसबाट निर्वाचित भएका प्रदेश सांसदले देखासिकी गर्न औषधी वितरण गरेका थिए ।

सांसद दवाडीले वितरण गरेका औषधी ‘म्याद गुज्रेको भेटिएको एक स्वास्थ्यकर्मीले नाम उल्लेख नगर्ने सर्तमा भने खोकीका औषधी, पखाला लागेको एन्टिबायेटिक औषधीहरु म्याद गुज्रेको पाइएको हो, हामीले ति औषधीलाई छुट्याएर राखिसकेका छौ ।’ मेट्रोन डिएफ ५९ वटा मध्ये ३२ वटाको म्याद गुज्रेकोमा पाइएपछि स्वास्थ्यकर्मीले औषधी उपलब्ध गराउने व्यक्तिलाई जानकारी गराएपछि डिस्पोज गरिदिन भनेका थिए ।

‘म्याद गुज्रेको औषधी संक्रमित बिरामीहरुलाई बितरण गरिसकेको अबस्था होइन, ति स्वास्थ्यकर्मीले भने, ‘स्वास्थ्य चौकीमा हामीलाई उपलब्ध गराए लगत्तै हेरेर म्याद बाँकी रहेका र नरहेका छुट्याएर राखेका छौ ।’ यता सांसद दुवाडीले पनि आफुहरुले स्वास्थ्य संस्थालाई बितरण गरेका औषधीहरु केही म्याद गुज्रेको भेटिएकाले बितरण गर्नु अघि नै छट्याइएर राखिएको दावी गरेका छन् ।

क्याद गुज्रिएको औषधी वितरण गर्ने सांसद दवाडीका कवाडी कुरा सुन्ने हो भने मानिस तीन छक्क पर्दछन । दवाडी भन्छन्, ‘केही औषधी मैले किनेको केही औषधी दाताले दिएको हो । त्यही मध्ये केही म्याद गुज्रिएको होला । यसलाई ठूलो विषय बनाउनु आवश्यक छैन