केन्द्र सरकारले महानगरको मागबमोजिम भ्याक्सिन उपलब्ध गराउनै सकेन

काठमाडौं । महानगरको मागबमोजिम  सरकारले  भेरोसेल खोप दिन नसकेका कारण काठमाडौंका जनताले भ्यक्सिन पाउन सकेका छैनन् । महानगरले तदारूकताको साथ भ्याक्सिन अभियान चलाइरहे पनि सरकारले महानगरको माग अनुसार भ्याक्सिन उपलब्ध गराइदिएकै छैन । सरकारसँग माग गरेको डोज महानगरले प्राप्त गर्न नसकेकेको स्वास्थ्य स्वयं सेविकाहरू गुनासो गर्दछन् । महानगरले सरकारला  फेरि निराश पारेको छ । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसिल लगाउने क्रम चलिरहँदा एक्कासी सरकारले खोप दिन नसक्ने बताएको हो । लाई घचघच्याउने काम गरिरहेको बुझिएको छ । मागबमोजिम भ्यक्सिन उपलब्ध गराइदिएको खण्डमा छिटै खोप अभियान निरन्तर चलाउन सकिने काठमाडौं महानगर मेयर शाक्यले इकालोपाटीलाई जानकारी दिए । उनले भने,‘ हामी निरन्तर केन्द्र सरकारलाई भ्याक्सिन उपलब्ध गराइदिन भनिरहेका छौं । पहल पनि भइराखेको छ । तर, केन्द्र सररकारले माग गरे अनुसार हामीलाई खोपको मात्रा दिन सकेको छैन । ’  जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भनी कार्यक्रम अघि बढे पनि केन्द्र सरकारले खोप उपलब्ध गराउन नसकेको कारण खोप अभियान बीचमै रोकिएको हो ।