कश्मिरमा सुरक्षाकर्मीको कारबाहीमा तीन जना विद्रोही मारिए

भारत । भारतको काश्मीरमा सुरक्षाकर्मीले विद्रोहीमाथि कारबाही गरेकाे छ । सो कारबाहीमा परी तीन जना विद्रोहीको मृत्यु भएको छ समाचारहरूमा बताइएको छ । काश्मीरको सोपोरमा सुरक्षाकर्मी र विद्रोहीबीच भएको झडपको क्रममा उनीहरु मारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

काश्मीरका आईजीपी विजय कुमारले घटनामा परी मृत्यु भएकाहरु लश्कर–ए–तैयबाका रहेको पुष्टि गरेका छन् । काश्मीर प्रहरीका अनुसार ३ प्रहरी, २ काउन्सलर र केहि समय अघि २ जना सर्वसाधारणको हत्या गरेको र अन्य विद्रोही गतिविधिमा समेत संलग्न रहेका लश्कर ए तैयबाका मुदस्सिर पण्डीतपनि कारबाहीमा मारिएका छन् ।