जिप्रकाको अनुमति लिएर मात्र उपत्यका आउजाउ गर्न पाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामका लागि उपत्यकामा आउँदा आफ्नो जिल्लाको अनुमति लिएर मात्र आउन आग्रह गरेको छ।

काठमाडौं प्रशासनले मंगलबार सूचना जारी गर्दै मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला आवतजावत गर्न पाइने जनाएको हो।

साथै, स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म गर्न नपाइने प्रशासनले जनाएको छ।