करारको जागिर थप नहुने संकेत पाएपछि आन्दोलनमा सव इन्जिनियरहरु

करारको जागिर थप नहुने संकेत पाएपछि आन्दोलनमा सव इन्जिनियरहरु
काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा करारमा नियुक्ति भएर जागिर खाईरहेका सव इन्जिनियरहरुको करार म्याद थप नहुने संकेत देखिएपछि आन्दोलनमा उत्रिएका छन् । भूकम्प पश्चात क्षतिग्रस्त जिल्लामा पुर्ननिर्माणका लागि स्थापना भएको राष्ट्रिय पुर्न निर्माण प्राधिकरणमा सव इन्जिनियरहरुलाई करार सेवामा नियुक्ति गरिएको थियो ।
अहिले पुर्ननिर्माणको कार्य अन्ततिर पुग्न लागेको भन्दै करारमा कार्यरत कर्मचारी कटौती गर्ने मनसायमा राष्ट्रिय पुर्न निर्माण प्राधिकरण रहेको छ । तर करार थपन नगर्ने संकेत पाएपछि सव इन्जिनियरहरु आन्दोलनमा उत्रिएका थिए ।
माईतीघरमा आन्दोनलमा उत्रिएका इन्जिनियरहरुलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको छ ।