राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका लिखित परीक्षाहरु रद्द

काठमाडाैं । लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका लिखित परीक्षाहरु रद्द गर्ने निर्णय गरेको छ । बैंकले २०७५ साल चैतमा निकालेकाे विभिन्न विज्ञापन नं. अन्तरगतका सबै लिखित  परीक्षाहरु आयोगद्वारा  रद्द गर्ने निर्णय भएको हो ।

परीक्षा रद्द गर्न राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका अध्यक्ष हेमराज सुवेदीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिटमाथि सुनुवाए गर्दै सर्वाेच्चले कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरेकाे थियाे । २०७७ मंसिर १७ मा सर्वोच्चले दिएको फैसलाको कार्यान्वयन गर्दै आयोगले परीक्षा रद्द गरेको हाे ।

अदालतकाे आदेशपछि यही असार २१ मा बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका सबै लिखित परीक्षाहरू रद्द गर्ने निर्णय भएकाे आयाेगद्वारा सूचनामा उल्लेख छ।