हिरासतको ग्रील काटेर कैदी फरार

सिरहा । सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयको थुनामा रहेका एक जना कैदी फरार भएका छन् ।

लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परी थुनामा रहेका नवराजपुर गाउँपालिका-१ निवासी पशुपति यादव शनिबार बिहान २ बजेतिर फरार भएका हुन् ।

उनी हिरासत कक्षको ग्रील काटेर फरार भएको सिराहा प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले बताए । ‘हिरासत कक्षको झ्यालको ग्रील काटेर ३४ वर्षीय यादव फरार भएका छन्’ बुढाथोकीले भने । फरार भएका थुनुवा यादवको खोजी भइरहेको उनले बताए ।