कोरोना भाइरसका अरु खतरनाक भेरिएन्ट फैलन सक्ने चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वमा कोरोना भाइरसका अरु खतरनाक भेरिएन्ट फैलन सक्ने चेतावनी दिएको छ। बिहिबार आयोजित डब्लुएचओको आपतकालीन कार्यक्रममा यो भेरिएन्ट फैलिएको अवस्थामा बिश्वभर महामारी रोक्न झनै अप्ठयारो पर्ने जनाएको छ। 

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेन्ड्रोस एडह्नामका अनुसार कोभिड १९ को महामारी छिट्टै सकिन्छ भनेर गलत धारणा बनाईनु चिन्ताको बिषय भएको उक्त कमिटिको अध्ययनमा उल्लेख छ। कोभिड १९ को महामारी सकिने बिन्दुको नजिक पनि हामि नपुगेको उक्त कमिटिले बताएको एडह्नामको भनाई छ। 

यसको साथसाथै उनले भनेका छन्, ‘कमिटिले चिन्ता गरेको छ, कोभिड १९ को नयाँ र सम्भवतस् अझ बढी खतरनाक ‘भेरिएन्ट अफ कन्सर्नु देखिने सम्भावना अत्यधिक छ, जस कारण यो महामारीलाई नियन्त्रण गर्न अझ बढी कठिन र चुनौतिपूर्ण हुनेछ।”  आजको अर्थबाट ।