अफगानिस्तानमा तालिवानी चहलपहल, राष्ट्रपति भवनअघि तीन रकेट बम प्रहार

एजेन्सी । अमेरिकी सैनिक स्वदेश फर्केसँगै अफगानिस्तानमा तालिवानी चहलपहल बढिरहेको छ । अफगानिस्तानको राजधानी काबुलमा मंगलवार ईद अल अदाको प्रार्थना चलिरहेको बेलामा राष्ट्रपति भवन नजिक रकेट प्रहार गरिएको छ । 

भवन नजिक तीनवटा रकेटहरू भुइँमा खसेका छन् । ती रकेट परवान ए से इलाकाबाट प्रहार गरिएका थिए । काबुलको डिस्ट्रिक्ट १ मा रहेको बाग-ए-अली मर्दान र चमन-ए-होजोरी इलाकामा खसेका थिए । 

डिस्ट्रिक्ट २ को मानाबे बशारी इलाकामा पनि रकेट खसेका थिए । अमेरिका सेना अफगानिस्तानबाट हटेसँगै तालिबानले देशका अधिकांश भागमा कब्जा गर्न लागेको छ । राजधानी काबुल पनि कब्जा गर्न तालिबान उद्यत देखिन्छ ।