सुजिता भण्डारीको परिवार भन्छ, आत्महत्या दुरुत्साहन भएको छ

काठमाडौं । चितवनकी सुजिता भण्डारीको मृत्युको सम्बन्धमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ। असार २० गते मृत भेटिएकी राप्ती ३ की भण्डारीलाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता छ ।

आफन्त पर्ने एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ। उनले यसअघि छोरीको हत्या भएको भन्दै कसैको नाम नतोकी जाहेरी दिएकी थिइन्।

सुरुमा परिवारले सुजिताको अपहरण भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए।असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भिरको खोल्सोमा सुजिताको शव भेटिएको थियो।

काठमाडौंस्थित शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टबाट हत्या भएको देखिएको थिएन। भिसेरा परीक्षण रिपोर्ट भने अझै आइपुगेको छैन। सुजिता असार ११ गते बिहानबाट हराएकी थिइन्।