लागुऔषध चरेशसहित तीन पक्राउ

जनकपुर । सर्लाहीबाट लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ११ का ५९ वर्षीय बीरबहादुर बल, कैलाश गाउँपालिका वडा नं. ५ का २५ वर्षीय सुकराम पाख्री र काभ्रे जिल्लाको नमीबुद्ध नगरपालिका वडा नं. ११ का सुकलाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

मलंगवा नगरपालिका वडा नं. २ स्थित नेपाल भारतको सिमाना नजिक चेकजाँचको क्रममा तीनै जनालाई ११ केलो १ सय ग्राम चरेशसहित पक्राउ गरिएको प्रवक्ता बुढाथोकीले बताए।