स्रोत नखुलेको ४० लाख रुपैयाँसहित पक्राउ

झापा | स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापाबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार दिउँसो १२ बजे झापा गाउँपालिका वडा न. २ बेलाइतीबारीमा सोही ठाउँ बस्ने ४६ वर्षिय गौरी मण्डललाई भारतबाट लुकाएर ल्याउँदै गरेको स्रोत नखुलेको चालिस लाख ३७ हजार ६ सय ७० नेपाली रुपैयाँसहित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेर अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए।