महन्थ ठाकुर पक्षलाई आयोगको झट्का

काठमाडौं। निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन अस्वीकृत गरेको छ।

सोमबार ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आयोगमा निवेदन दिएपछि आयोगले इजलासबाट भएको निर्णय भएकाले निवेदन स्वीकार गर्न नसकिने जनाएको हो।

यसअघि सोमबार बिहान बसेको ठाकुर पक्षको बैठकले आयोगमा निवेदन दिने निर्णय गरेको थियो। अहिले आयोगमा हेडकाउन्ट गर्ने क्रम जारी रहेको छ भने ठाकुर पक्षका मनिष सुमनलगायत पनि यादव पक्षतिर लागेका छन्।

आयोगमा उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिका सदस्यको बहुमत देखिएपछि ठाकुर पक्षले आधिकारिता गुमाउने देखिएको छ।