बोधिसत्व विहारद्धारा पत्रकार मञ्चलाई फुड अफ लभ हस्तान्तरण

काठमाडौं। स्वतन्त्र रुपमा छरिएर पत्रकारिता गरिरहेका पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार मञ्चलाई बोधिसत्व विहारले फुड अफ लभ हस्तान्तरण गरेको छ । सोमबार विहारका अध्यक्ष गुयाङले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई फुड अफ लभ प्रदान गरेका हुन् ।

बोधिसत्व विहार काठमाण्डौले कोभिड–१९ का कारण परेको प्रभाव न्यूनीकरण गर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल पत्रकार मञ्चलाई खाद्य सामग्री ‘फूड अफ लभ’ प्रदान गरेको हो ।

कोभिड १९ संक्रमणका समयमा पनि आम नागरिकहरुलाई सूसुचित गर्नका लागि अग्रपंक्तिमा खटिएका पत्रकारहरुलाई मानवीय सहयोग गर्न पाएको भन्दै विहारका अध्यक्ष गुयाङले बुद्धको अनुयायी आफूभएकै कारण विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने क्रममा नेपाली पत्रकारहरुसँग हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

उनले यस अघि पनि पत्रकार मञ्चमा आवद्ध पत्रकारहरुलाई सुरक्षित बताउनका लागि सुरक्षाकीटका रुपमा कोभिड १९ विरुद्धको स्वास्थ्य सामग्री हस्तान्तरण गर्न पाएकोमा आफू निकै खुशी भएको व्यक्त गरे ।