लुम्विनी र गण्डकी दुई वटा प्रदेशका प्रमुख परिवर्तन

काठमाडौं । गण्डकी र लुम्विनीका दुई प्रदेश प्रमुख परिवर्तन भएका छन् । सरकारको सिफारिस अनुरुप राष्ट्रपतिले प्रदेश प्रमुख परिवर्तन गरेकी हुन् ।

मन्त्री परिषद्को वैठकले दुई प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो। सोही बमोजिम गण्डकी र लुम्बिनी प्रदेशमा दुई जना नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो । नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।