एक महिनामा तालिवानी आक्रमणले एक हजार भन्दा धेरैको गयो ज्यान

एजेन्सी । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय दूत डेब्रा लायन्सले अफगानिस्तानमा जारी युद्ध नयाँ घातक र बिनासकारी चरणमा प्रवेश गरेको शुक्रबार बताएकी थिइन् । गएको महिना मात्रै एक हजार भन्दा धेरै सर्वसाधारणको ज्यान गएको उनले जानकारी दिइन् ।

अफगानिस्तान गम्भीर विपद र विनास तर्फ उन्मुख भएको भन्दै उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले शहरी क्षेत्रमा भएका आक्रमण तत्काल रोक्नका लागि वक्तव्य जारी गर्नु पर्नेमा जोड दिएकी थिइन् ।

अफगानिस्तानका पूर्व उपराष्ट्रपति अब्दुल रशिद दोतुस्मको प्रभाव रहेको क्षेत्र हो । त्यहाँ तालिबानविरुद्धको युद्धमा उनका समर्थकहरु पनि सहभागी भएका छन् । सरकारी सुरक्षा बललाई सहयोग गर्न १५० जना शहरमा आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबार नै तालिबान लडाकुले गभर्नरको कार्यालयको परिशर नियन्त्रणमा लिएका थिए । तर त्यसपछि सुरक्षा बलले उनीहरुलाई त्यहाँबाट हटाउन सफल भएको थियो । शनिबार भने तालिबान लडाकुले पूरै शहर आफ्नो नियन्त्रणमा लिएको बताएका हुन् ।

अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिकहरु फिर्ता लैजान थालेपछि तालिबानको गतिविधि बढेको हो ।

अधिकांश अमेरिकी सैनिक फिर्ता भइसके पनि अमेरिकाले अफगान सैनिकको सहयोगमा हवाई आक्रमण भने जारी राखेको छ ।