‘खुल्ला मञ्च’ खुल्ला मञ्च कै रुपमा राखिने महानगरप्रमुख शाक्यको भनाई


काठमाडौं। काठमाडौंको केन्द्र विन्दुमा रहेकोखुल्ला मञ्च खुल्ला नै राख्ने योजना अनुरुप आफूले काम गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासु्न्दर शाकयले बताएका छन् ।

काठमाडौंको खुल्ला मञ्चको इतिहास भनेको आम नागरिकहरुले आफ्नो मनको वह पोख्ने ठाउँहो । राजनीतिक दल तथा संगठनले सरकारसँग आफ्ना माग राख्ने र जनतालाई सुनोउने ठाउँ पनि भएकाले खुल्लामञ्चलाई पुरानै अवस्थामा अवस्थामा राख्ने मेयर शाक्यको भनाई थियो ।

इकालोपाटीसँगको कुराकानीमा मेयर शाक्यले भने, ‘रत्नपार्कमा जाम गरेर भाषण गर्न नपरोस्, माईतीघर मण्डलामा जाममा परेर जनताले दुख नपाउँन् त्यसका लागि खुल्ला मञ्चलाई नै भाषण गर्न थलोका रुपमा विकास गछौं । अव बन्ने खुल्ला मञ्च सार्वजनिक शौचालयको सुविधासम्पन्न बनाईने छ ।

’ मेयर शाक्यले भनेजस्तै अहिले आम नागरिकलाई दुख दिएर माइती घर मण्डलामा धर्ना दिने, रत्नपार्क सडक खण्डमा जुलुश प्रर्दशन गर्ने काम हुँदै आईरहेको छ । त्यसलाई रोक्न पनि काठमार्डौं महानगरपालिकाले खुल्ला मञ्चमा रहेको अस्थायी वसपार्कलाई हटाएर पुरानै खुल्लामञ्चका रुपमा फर्काउने कार्यको थालनी पनि गरिरहेको छ ।

काठमार्डौं महानगरपालिकाले खुल्ला मञ्चलाई पुरानै स्वरुपमा फर्काउनका लागि रत्पपार्कदेखि टुँडिखेल शहिदगेटसम्मको एकीकृत खुल्ला मञ्च बनाउने योजना बनाईरहेको पनि मेयर शाक्यले इकालोपाटीलाई जानकारी दिए ।