काठमाडौ महानगरका कार्यकारी र विभागिय प्रमुख वीच कार्य सम्पादन सम्झौता सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालयले जनतालाई प्रवाह गर्ने सेवालाई चुस्त र सहज गराउनका लागि प्रमुख प्रशासकीय अधिकृत र महानगरका विभागिय प्रमुख वीच बार्षिक कार्य सम्पादन सम्झौता सम्पन्न भएको छ ।

सम्झौता कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कुनै पनि बहानामा जनतासँग सरोकार राख्ने योजना रोकिनु नहुने बताए । नीति तथा कार्यक्रममा अस्पष्ट भए सोध्नू तर आफूअनुकुलको व्याख्या नगर्नु । शंकाले होइन, विश्वाशले र गुनासो गरेर अपेक्षाले योजना कार्यान्वयन गर्नु सबैको दायित्व हो ।’ प्रमुख शाक्यको भनाई थियो ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले कर्मचारी र जनप्रतिनिधिको जिम्मेवारी फरक भएकाले कर्मचारीले आफूलाई दिएको पदीय जिम्मेवारी र आदेश पालनाको सृङ्खलालाई कार्ययोजनाको कार्यान्वयनमा जोड्नु पर्ने बताएका थिए । कार्यक्रममा महानगरपालिका विभाग, आयोजना तथा सचिवालयस्तरीय दस्तावेजमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले र सम्बन्धित विभागका प्रमुखहरुले हस्ताक्षर गरेका थिए ।

ताजा अपडेट