नेपाल माथि कुवेतले लगाएको प्रतिवन्ध फुकुवा

काठमाडौं । कुवेतले नेपालसहित ५ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध हटाएकोे छ । कुवेतले नेपालसहित इजिप्ट र दक्षिण एशियाली मुलुकहरुबाट सिधा उडान भर्ने निर्णय गर्दै यसअघिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

प्रतिबन्ध हटाउने निर्णय भएपनि उडान शुरु हुने मिति भने तय गरिएको छैन । कुवेतले गत साउन २१ गतेदेखि नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै नेपालीलाई आफ्नो मुलुक प्रवेशमा अनिश्चितकालका लागि रोक लगाएको थियो ।

कुवेतले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाकालाई उच्च जोखिमको सूचीमा राख्दै चिकित्सक, कूटनीतिज्ञ तथा कोभिड समितिले अनुमतिपत्र प्रदान गरेका व्यक्ति बाहेकलाई प्रवेश अनुमति रोकेको थियो । कुवतेमा रहेका आप्रवासीमध्ये दक्षिण एशियाका बढी रहेको भन्दै उनीहरुलाई लामो समयसम्म रोक्न नसकिने बताइएको छ ।