अब्दुल्लाह अल्मुताईरीद्वारा राजीनामाको संकेत

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आफ्नो पदबाट राजीनामा दिने संकेत गरेका छन् ।

प्रशिक्षक अल्मुताईरीको राजीनामा प्रकरणपछि उब्जिएको विवाद छानविन समितिले प्रतिवेदन बुझाएको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको नेतृत्वको समितिले राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो ।

११ बुँदे प्रतिवेदनमा प्रशिक्षक अब्दुल्लाहले आफ्नो बानीलाई सुधार्नुपर्ने ठहर गरेको छ ।

प्रशिक्षक अब्दुल्लाहले व्यवसायिक आचरण र व्यक्तिगत व्यहोरामा सुधार गर्नुपर्ने र खेलाडीलाई गुणस्तरीय प्रशिक्षण दिनुपर्ने कुरा उल्लेख गरिएको छ ।