सौतेनी दिदी बलात्कारको आरोपमा भाइ समातिए

गोरखा । सौतेनी दिदीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक युवकलाई पक्राउ गरेको छ ।

मंगलबार वर्षीय दिदीलाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउँपालिकाबाट २६ बर्षीय भाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

युवकमाथि गत सोमबार (साउन ७) गते दिदीलाई आफ्नै घरमा सुतिरहेको ठाउँबाट तानेर भान्सा कोठामा लगेर बलात्कार गरेको आरोप छ ।

परिवारका सदस्यले दिएको उजुरीका आधारमा मंगलबार राति सिरानचोकमा नै आफन्तको घरमा लुकेर बसेका युवकलाई प्रहरीले पक्राउ गरेको थियो ।