केपी शर्मा ओलीलाई नेता मान्न सकिन्न : बामदेव गाैतम

काठमाडाैं । विगतमा नै पार्टी फुटाएर तहल्का मच्चाएका एमालेका नेता बामदेव गाैतमले केपी शर्मा ओलीलाई नेता मान्न नसक्ने बताएका छन् ।

उनले ओलीबाट सँधै हेपिन र चेपिन परेको कारण एमालेमा अब आफू नबस्ने जनाएका छन् । नेता गौतमले इकालोपाटीसँग भने अब राजिनामा दिएर अघि बढ्ने हो । सँधै हेपिएर बस्न सकिन्न ।

नेता गाैतमले एमालेबाट राजीनामा दिने घोषणासमेत गरे । यो घोषणाले एमालेमा अप्ठेरो अवस्था सिर्जाना भएकाे छ । गाैतमले माधव नेपालको पार्टीमा लाग्ने, नलाग्नेबारे गौतम खुलिसकेका छैनन् । अब आफ्नै ढङ्गले अघि बढ्ने गौतमले बताए ।

एमाले उपाध्यक्ष गौतमले एमाले विभाजन नहुँदै फरक सङ्गठनात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् । ‘म अब आफ्नै ढङ्गले अघि बढ्छु’, गौतमको भनाइ छ ।