रोनाल्डो फर्किए म्यानचेस्टर युनाइेडमै

एजेनेसी । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई उनको पूर्व क्लब म्यानचेस्टर युनाइेडले भित्र्याएको छ।

इटालियन क्लब युभेन्ट्स छाड्ने निर्णय गरेका चर्चित स्ट्राइकर उनलाई यसअघि म्यान युको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले भित्र्याउने चर्चा थियो।

तर अन्तिम समयमा सिटीले रोनाल्डो नल्याउने निर्णय गरेपछि उनी पूर्व क्लबमा फर्किएका हुन्। उनी रियल मड्रिडमा जानुअघि म्यानचेस्टर युनाइटेडमै थिए। 

युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले पोर्चुगिज खेलाडीले इटाली छाड्ने खुलासा गरेका थिए। त्यसलगत्तै युनाइटेड रोनाल्डो भित्र्याउने दौडमा आएको थियो।

युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले भनेका थिए, ‘युनाइटेडका लिजेण्डलाई क्लबमा स्वागत गर्नेछ।’

यसअघि स्पोर्टिङ लिस्बोनबाट युनाइटेडलेनै रोनाल्डोलाई इङ्ल्याण्डमा ल्याएको थियो। युवा अवस्थामा युनाइटेड आएका रोनाल्डोले ओल्डट्राफोर्ड क्लबमा ६ सिजन बिताएका थिए।

उनी सन् २००९ मा कीर्तिमानी मुल्य ८० मिलियन पाउण्डमा स्पेनिस क्लब रियल मड्रिड गएका थिए।

युनाइटेडले हस्ताक्षर पहल थाल्नुअघि सिटीले ३६ वर्षीय फरवार्डका लागि औपचारिक प्रस्ताव गरेको थिएन।

सिटीले नभित्र्याउने निर्णय लिएसँगै म्यान युका प्रशिक्षक सोल्सायरले ६ पटकका बालोन डी ओर विजेतालाई अनुबन्ध गर्न प्रयास थालेका थिए।