देशभर ३३ हजार ९ सय ४६ सक्रिय संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ७८६ पुगेको छ। बिहीबार १ हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर ३३ हजार ९४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत चौबीस घण्टामा १० हजार ६ सय ५८ पीसीआर तथा ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षण भएको छ।