ओलीको टिप्पणी : विरोधीले छाती पिटीकन मविरुद्धको हमला थाले

ललितपुर । नेकपा एमाले अध्यक्ष कपी ओलीले अरुलाई अपजस लगाएर नउम्किने बताएका छन् । आइतबार विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमालेको तात्कालिक कार्यभार सुशासन, विकास, सुविधायुक्त समाज, समृद्धि रहेको बताए । 

उनले नेकपा एमाले देशको सवैभन्दा ठुलो दलमात्र नभएर जिम्मेवार दल भएको नाताले अब पनि जित्नैपर्ने बताए । उनले नेकपा एमालेमाथि चौतर्फी आक्रमण भएको भन्दै विरोधीले छाती पिट्न थालेको र त्यो आफूविरुद्धको हमलाको रुप भएको टिप्पणी गरे । 

‘हामी व्यक्ति पूजक होइनौ, कमिटी प्रणाली, सामुहिक नेतृत्व, अध्ययन र परीक्षण गर्छौ’, ओलीले भने, वार्वरिकले महाभारत युद्धमा कृष्णको चक्र चलाएको जस्तो नहुने भन्दै साझा प्रयासबाट देशमा परिवर्तन ल्याउन सक्ने बताए । ‘यो कुरा नेकपा एमालेले बाहेक अरुले बुझेका छैनन्’, ओलीले भने, ‘नेतृत्वको वरिपरि आन्दोलन गोलबन्द भएको भन्ने कुरा साँचो होइन । ’