अदालत १५ दिनका लागि बन्द हुने

काठमाडौं । बिहीबारदेखि देशभर दशैं बिदा हुने भएको छ । बडादशैं बिदाको अवसरमा देशभरका अदालत १५ दिनका लागि बन्द हुने भएका छन् ।

बुधबार सर्वोच्च अदालतका उपरजिस्ट्रार देवेन्द्र ढकालले एक सूचना जारी गर्दै असोज २१ देखि कात्तिक ३ गतेसम्म अदालत बन्द रहने उल्लेख गरेका छन् । सामान्यतः अन्य सरकारी कार्यालय दशैंका अवसरमा घटस्थापनासहित ६ दिन दशैं बिदा दिनेगरे पनि अदालतहरु भने १५ दिन बिदा दिने चलन छ ।

तर दशैं बिदाका अवधिमा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ नियमित हुने सुचनामा उल्लेख छ । बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ गर्न बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने जनाइएको छ ।