मामाघरमा रहेका इच्छाराजका नाममा २१ वटा कम्पनी !

काठमाडौं । सिभिल सेभिङ्गस एण्ड क्रेडिट को–अपरेटिभबाटै अघि बढेका इच्छाराज तामांगले २१ वटा कम्पनी स्थापना गरेका छन् । ती कम्पनी व्यक्तिगत छन् ।

सिभिल सेभिङ्गसमा सर्वसाधारणले गरेको बचत रकम अवैध तरिकाले पारिवारिक सदस्यहरु सञ्चालक रहेका ती कम्पनीमा लगानी गरेको भेटिएको ब्यूरोका एसपी महतो बताउँछन् ।

ललितपुरको धापाखेलमा रहेको सिभिल होम्स प्रालि ती कम्पनी मध्येको एउटा हो । परिवारका मान्छेका नाममा धापाखेलमा सस्तो मूल्यमा जग्गा किनेर  सिभिल होम्सले महँगा घरहरु बनाएको थियो । त्यहाँ ११ सय भन्दा बढी घर बनाएर सर्वसाधारणलाई सो कम्पनीले चर्को मुल्यमा बेचेको थियो ।

तर, घर बेचेर आएको रकम सिभिल होम्सले सहकारीलाई फिर्ता गरेको देखिएको छैन । आफ्नो स्वामित्वमा रहेका सबै कम्पनी इच्छाराजले घाटामा गएको देखाएर करसमेत छलेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सिभिल सेभिङ्गसको रकम लगानी गरेको देखिएका कम्पनीहरु यस्ता छन् :

–कामेन कन्सल्टिङ इन्जिनियर्स एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि ।

–बाघभैरव कन्सल्टेन्सी प्रालि ।

–सिभिल मर्चेन्ट वित्तिय संस्था लि

–सिभिल होम्स प्रालि ।

–कोट्सेभैरव हाउजिङ्ग एण्ड डेभलपर्स प्रालि ।

–सिभिल इन्टरनेशनल कन्सलटेन्ट प्रालि ।

–सिभिल इष्टेटस प्रा.लि ।

–सिभिल मर्चेन्ट इन्भेष्टमेन्ट कम्पनी लिमिटेड ।

–सिभिल क्यापिटल मार्केट लि ।

–सिभिल अपार्टमेन्ट प्रालि ।

–सिभिल इन्फ्रास्ट्रक्चर डेभलपर्स प्रालि ।

–सिभिल बैंक लि ।

–सिभिल फर्निचर एण्ड ट्रेडिङ्ग कम्पनी प्रालि ।

–सिटी बस्ती विकास कम्पनी प्रालि ।

–सिने डोसेफ कम्पनी प्रालि

–ब्रिउ एण्ड भ्यू बार एण्ड रेष्टुरेन्ट कम्पनी प्रालि ।

–सिभिल आर.एम.सी. एण्ड प्रिकास्ट इण्डष्ट्रिज प्रालि ।

–सिभिल होटल प्रालि, सिभिल मोडन कन्स्ट्रक्सन ।