बुटवलमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका-१४ मोतीपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न पुगेका सुकुम्बासीहरू हटाउने क्रममा प्रहरीसँग झडप भएको थियो।

झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

मोतीपुर क्षेत्रमा देशभरका सुकुम्बासी आउँदै बसिरहेका थिए। तिनीहरूलाई हटाउने क्रममा बुधबार दुई घन्टा झडप भएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर, अश्रुग्यास प्रहार गरिरहेको छ।