इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा सहभागी भएका छन्।

सामूहिक छलफल सकेपछि उनीहरु फुल कोर्टको बैठकमा गएका हुन्। सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोकप्रस्ताव पारित गर्नका लागि फुल कोर्टको बैठक बसेको हो। पूर्वन्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको छ।

प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर  राणाको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरेका छन्। उनीहरुले समस्या समाधानका लागि बोलाएको फुल कोर्टको बैठक भने बहिस्कार गरेका थिए।