बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बिहीबार बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका छन्।

पाण्डेले बागमती प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित समारोहबीच मुख्यमन्त्री पदको शपथ लिएका हुन्। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मुख्यमन्त्रीका लागि दाबी मागेका थिए। नेता पाण्डेले मुख्यमन्त्री पदका लागि दाबी गरेबमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

पाण्डेले बिहीबार नै सानो मन्त्रिपरिषद् समेत गठन गरेका छन्। पाण्डेको मन्त्रिपरिषदमा माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल मन्त्री बनेका छन् ।