जनतालाई भोक’ रोग र शोकमा राख्नु प्रजातन्त्र होइन : पूर्व राजा ज्ञानेन्द्र

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रतातन्त्रका लागि त्याग, उत्सर्ग र योगदान गर्ने आफ्ना जिजुवबुवा श्री ५ त्रिभुवन सहित सवैको स्करण गर्दै प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले जनताद्धारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सुप्रवन्ध नै सहि प्रजातान्त्रिक प्रणाली भएको भन्दै राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुने सन्देशमा बताएका छन् ।राष्ट्रियता विनाको प्रजातन्त्रले कसैको सुरक्ष कवच हुन नसक्ने, कसैको न्यायको छाता बन्न नसक्ने पनि उल्लेख गरेका छन् । पूर्व राजा आफ्नो शुभकामना सन्देशमा राष्ट्र, राष्ट्रियता सहितको प्रजातन्त्रका लागि जनता र राजा सँधै एक रहिआएको र रहिरहने समेत उल्लेख गरेका छन् ।

उनले प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भईरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पु¥याएको भन्दै जनतालाई निराशाको दहमा डुवाउँदै लगेको महसुस हुँदै आएको भन्दै चिन्ता समेत व्यक्त गर्दै तयसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्नेमा बारेमा समिक्षा गर्न सवै नेपाली तयार हुनु पर्ने बताएका छन् ।

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो अवस्था त आफै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणालाी हो । उनले भनेका छन् ‘अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हनु सक्दैन । जनतालाई भोक’ रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन । त्यो स्वत स्फूर्त एवं लोक सम्मत हुन्छ र हुनु पर्दछ ।’

पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देशमा अलमलिएको सरकार, भत्किएको संसदर विग्रिएको न्यायालय भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रतातन्त्रालाई कता पु¥याई रहेको छ, विचारणी प्रश्न रहेको बताएका छन् । उनले प्रजातन्त्रको ऐतिहासिक दिनमा जनताले अपेक्षा गरेको, रोजे खोजेको सहि शासन पद्दति विधानमा लाग्न सवैका ध्यान जाओस भन्दै कामना समेत गरेका छन् ।

ताजा अपडेट