फेरी बढ्यो सुनको मुल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य तोलामा ५०० ले बढ्को छ । छापावाला सुनको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा ९८ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० कारोबार भएको छ । उक्त सुन बुधबार प्रतितोला ९८ हजारमा किनबेच भएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर १ हजार ३४५ पुगेको महासङ्घले जानकारी गराएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९२१ डलरको आसपास कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।