भरतपुर महानगरपालिकाको मेयरमा दिर्घमान श्रेष्ठको दावी

चितवन । आसन्न स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेस बागमती प्रदेशका कोषाध्यक्ष दिर्घमान श्रेष्ठले दावी गरेका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी र समाजवादीको गठवन्धन गर्ने भनिएपनि कांग्रेस कार्यकर्ताहरुले भने यो पटक मेयर पद नछाड्ने बताईरहेका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी पक्षधर उम्मेदवार प्रचण्ड पुत्री रेनुका दाहाललाई मेयर पद छाड्दा चितवनमा कांग्रेसले धेरै नै समस्या भोग्नु परेको थियो । अहिले भने कांग्रेसले मेयर पद कुनै पनि हालतमा नछाड्ने भएपछि मेयर पदको लागि दिर्घराज श्रेष्ठलाई कार्यकर्ताहरुले अघि सारेका हुन् ।

लामो समयदेखि नेपाली कांग्रेसमा बसेर संषर्घ गरिरहेको श्रेष्ठलाई यो पटक कुनै पनि हालतमा मेयरको टिकट दिनु पर्ने चितवन कांग्रेस कार्यकर्ताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरिरहेको बुझिएको छ ।

चितवन चेम्वर्स अफ कर्मका अध्यक्ष समेत रहेका श्रेष्ठलाई कांग्रेसले टिकट दिएमा अत्यधिक मतले विजयी हुने कार्यकर्ताहरुको दावी छ ।