अझै पनि कब्जा गरिरहेका छन्,वडा अध्यक्षले सार्वजनिक बाटो

काठमाडौं । काठमार्डौ महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मोहनबहादुर विष्टबाट पीडित बनेका स्थानीयबासीहरुले शनिबार आसन्न निर्वाचनलाई लक्षित गरी भेला सम्पन्न गरेका छन् । वडा अध्यक्ष विष्टबाट पीडित भएकाहरुले मोहन विष्ट पिडित संघर्ष समिति नै गठन गरेका थिए ।

वडा अध्यक्षबाट निर्वाचित भएदेखि नै विष्टले पदको दुरुपयोग गरी स्थानीय वासीहरुलाई दुख दिँदै आईरहेको भएपनि स्थानीय वासीहरु मौन बस्न वाध्य परेका थिए । सार्वजनिक जग्गा अतिक्रमणमा नाममा अध्यक्ष पदको दुरुपयोग गर्दै उनले धेरैका निजी घरमा डोजर चलाउन लगाएका थिए ।

बर्षोदेखि सार्वजनिक जग्गा मिचेर सार्वजनिक जग्गामा नै टहरो बनाई भाडा असुलिरहेका विष्टले विभिन्न सञ्चार माध्यममा उनको कुकृत्य सार्वजनिक भएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका मोहन विष्टले अझै पनि सो सार्वजनिक बाटोलाई बाटोका रुपमा प्रयोगमा ल्याएका छैनन् । उनको दाजुभाईले बाटोलाई मिचेर टहरा बनाई बर्षौंदेखि कब्जा गर्दै आईरहेका छन् ।

बाटोलाई बाटोकै रुपमा राखिनु पर्ने स्थानीयको मागलाई पदको आडमा उनले सम्वोधन गर्न सकेका छैनन् । ‘म वडा अध्यक्ष हुँ, कसले के गर्छ ’ भन्दै आफू सार्वजनिक जग्गा अतिक्रमण गर्ने तर अरुको व्यक्तिको जग्गा समेत डोजर लगाउने पल्लेका उनले शंकपार्क पछाडिको खहरेमा समेत अमुक व्यवसायिक कम्पनीलाई टहरा बनाउन दिएका छन् ।

विगत पाँच वर्षमा वडामा बसेर जनप्रतिनिधिको हैसियतमा जनतालाई निकै कष्ट र पीडा दिएका स्थानीय वासीहरु आसन्न निर्वाचनलाई लक्षित गरी विष्टको कर्तुत फर्दापास गर्ने अभियान शुरु गर्नका लागि मोहन विष्ट पीडित संघर्ष समितिको नाममा भेला बसेका हुन् ।

विष्टले आउँदो निर्वाचनमा पुन अध्यक्षका दावी गर्दै आफना कर्तुत लुकाउने प्रयास गरिरहेका छन् । श्रोतका अनुसार पाँच वर्षमा उनले गरेका १० लाख बजेटको अधिकांश कोटेशन मिलेमतोमा आफ्ना व्यक्तिलाई दिएको र त्यसलाई सार्वजनिक गर्ने तयारी संघर्ष समितिले गरिरहेको समिति एक सदस्यले बताए ।