काठमाडौं महानगरपालिकाको नेतृत्व हाँक्न ५६ जनाको उम्मेदवारी


काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि एमालेका तर्फबाट पूर्व मेयर केशव स्थापित, नेपाली कांग्रेस तथा गठवन्धन दलका तर्फबाट सिर्जना सिंह, राप्रपाका तर्फबाट कलाकार मदनदास श्रेष्ठ, विवेकशील साझा पार्टीका तर्फबाट समीक्षा वाँस्कोटा, उन्नत लोकतन्त्र पार्टीका तर्फबाट नेपालमा सवैभन्दा बढी रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्य लगायत स्वतन्त्रा समेत गरी ५६ जनाको उम्मेदवारी परेको छ ।

स्तै काठमाडौं महानगरपालिकाको उपमेयर पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ५६ जना मेयरका उम्मेदवारमध्ये २१ जनाले दलकातर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवार रुपमा मनोनयन पत्र दर्ता गराएका हुन् ।

त्यसमधये ८ जना महिला छन् । उपमेयर पदमा उम्मेदारी दिने ३१ जनामध्ये १२ जनाले दलकातर्फबाट र ९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गरेका छन् । उपमेयरका उम्मेद्वारमध्ये १२ जना महिला रहेका छन् ।