४६४ पदका लागि २ हजार उम्मेदवार दर्ता

काठमाडौँ । नुवाकोटमा वैशाख ३० गते ह्ने स्थानीय तह निर्वाचन को लागि २ हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका १२ पालिकामा ८८ वडाको ४६४ पदमा २ हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिइएको छ ।

कार्यालयका अनुसार विदुर नगरपालिकामा ६७ पदका लागि २७६, बेलकोटगढी नगरपालिकामा ६७ पदका लागि ३२१, दुप्चेश्वर गाउँपालिकामा ३७ पदका लागि १४३, पञ्चकन्या गाँउपालिकामा २७ पदका लागि १३१, तादी गाउँपालिकामा ३२ पदका लागि १६० जनाले उम्मेदवारी दिएका छन् ।

सूर्यगढी गाउँपालिकामा २७ पदका लागि १२१, शिवपुरी गाउँपालिकामा ४२ पदका लागि १७२, ककनी गाउँपालिकामा ४२ पदका लागि २१४, तारकेश्वर गाउँपालिकामा ३२ पदका लागि १२५, म्यागङ गाउँपालिकामा ३२ पदका लागि १३५, किस्पाङ गाउँपालिकामा २७ पदका लागि १११, लिखु गाउँपालिकामा ३२ पदका लागि १६२ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिइएका छन् । उनका अनुसार विदुर नगरपालिकाको प्रमुखमा विभिन्न पार्टी र स्वतन्त्र गरेर ११ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुख पदमा १० जनाले उम्मेदवारी दर्ता भएका छन् ।

विदुर नगरपालिकाको १३ वटा वडामा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । बेलकोटगढी नगरपालिकामा नगरप्रमुखमा नौजनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा पाँचजनाको उम्मेदवारी परेको छ । १३ जना वडाध्यक्ष पदमा ७५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिइएको छ ।

जिल्लाको ककनी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा सात र आठवटा वडाको वडाध्यक्ष पदमा ५० जनाको उम्मेदवारी दर्ता भएका छन् । शिवपुरी गाउँपालिकामा अध्यक्ष पदमा ६, उपाध्यक्षमा ४ र ८ वटा वडाको वडाध्यक्षमा ३६ जनाको उम्मेदवारी दर्ता भएके छ । तारकेश्वर गाउँपालिकामा अध्यक्ष पदमा ६, उपाध्यक्षमा पाँच र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३१ जनाको उम्मेदवारी दर्ता भएको छ । दुप्चेश्वर गाउँपालिकामा अध्यक्ष पदमा ७, उपाध्यक्षमा ५ र ७ वटा वडाबाट वडाध्यक्ष पदमा ३४ जनाको उम्मेदवारी दर्ता गराएका छन् । पञ्चकन्या गाउँपालिकामा अध्यक्षमा ७, उपाध्यक्षमा ६ र ५ वटा वडाको वडाध्यक्ष पदमा ३१ जनाको उम्मेदवारी दर्ता गराएका छन् । तादी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा ५ र ६ वटा वडाबाट वडाध्यक्ष पदमा १४, सूर्यगढी गाउँपालिकामा अध्यक्षमा ६, उपाध्यक्षमा ५ र ५ वटा वडाको वडाध्यक्ष पदमा २७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जानकारी गराइएको छ ।

नुवाकोटको २ नगरपालिका र १० वटा गाउँपालिकाको विभिन्न ८८ वटा वडामा २ २ पद रहेको खुला सदस्यका १७६ पदमा ७७१, ८८ वटा वडामा एक , एकजना हुने महिला सदस्य पदमा ३७३ र ८८ वटा वडामा १/१ जना हुने दलित महिला सदस्य पदमा ३११ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लाको म्यागङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा ७ / ७ र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३३ जनाको उम्मेदवारी दर्ता भएका छन् , भने, किस्पाङ गाउँपालिकाको अध्यक्ष पदमा ७, उपाध्यक्षमा ५ र ५ वटा वडाबाट वडाध्यक्ष पदमा २७ जनाको उम्मेदवारी भएका छन् । लिखु गाउँपालिकामा अध्यक्षमा ७, उपाध्यक्षमा ६ र ६ वटा वडाबाट वडाध्यक्ष पदमा ३३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय नुवाकोटले जानकारी गराएको छ ।