एक हजार चार सयले बढ्यो सुनको मृल्य

काठमाडौँ आज सुनको मूल्य एक हजार चार सय रुपयाँले बढेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० ले उकालो लागेर ९८ हजार ६०० मा कारोबार भएको छ । पहेँलो धातु अघिल्लो दिन तोला ९७ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० मा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० कारोबार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यको तुलनामा तोलामा १५ ले बढेर १ हजार ३०५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९०० डलरको आसपास कारोबार भइरहेको छ ।