अवैध लागूऔषध सहित दुईजना पक्राउ

काठमाडौँ । कञ्चनपुरमा अवैध लागुऔषध सहित दुईजानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका ९ बस्ने ३१ वर्षीय रबिन शाही र बेलडाँडी गाउँपालिका २ ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह बिष्ट रहेका छन् ।

बेलौरी नगरपालिका १० भुडाबाट करिब २ सय २० मिलिग्राम अवैध लागूऔषध कालो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहीले पक्राउ गरेको छ ।

प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपि भुडाबाट संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।