मालीमा भएको हिंसात्मक आक्रमणको निन्दा

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले मालीमा भएको हिंसात्मक हमलाको निन्दा गरेका छन् । उनका प्रवक्ताले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गरेको जानकारी दिइएको छ ।

अधिकारीहरुका अनुसार मालीमा भएको हमलामा परी एक सयभन्दा बढी नागरिकले ज्यान गुमाएका थिए । महासचिवका प्रवक्ता स्टेफान डुजारिकले सो विज्ञप्तिमा प्रकाशन पारेका छन् । उनका अनुसार मालीको बान्दियागारामा भएको हमलामा परेर ती नागरिकको ज्यान गएको बताएका छन् ।

सो क्षेत्रमा यसै हप्तामा करिब १ सय जनाको हत्या भएको बताइएको छ । सो क्षेत्रका एक सय जनाको ज्यान गएको र उनीहरुका घरमा समेत क्षति पु¥याइएको थियो ।

मालीमा अहिले शान्ति सेना रहेका छन् । तर ती क्षेत्रमा अतिवादी आतङ्ककारीहरुले हिंसात्मक हमला गर्ने गरेका छन् । पछिल्लो समयमा यहाँ उनीहरुले हिंसा झन् बढाएका छन् । यसबाट कैयौँ नागरिकको ज्यान गएको र ठूलो जनधनको क्षति भएको छ ।