विरामीलाई लुट्न पल्केको लुम्विनी मेडिकल कलेजमा अनाहकमा ज्यान जान सक्छ

काठमाडौं । स्वास्थ्यको नाममा व्यापार गर्न थालेपछि अनाहकमा नागरिकको ज्यान जाने गरेको छ । विरामीले आफ्नो उपचारका लागि गएको अस्पतालले उसको शरीरलाई औषधीको परिक्षण गर्न थालेपछि ज्यान नै जाने अवस्था आएको हो । पाल्पा जिल्लाको लुम्विनी मेडिकल कलेजको लापरवाहीका कारण पाल्पामा धेरैले अनाहकमा ज्यान गुमाउनु परेपछि अहिले लुम्विनी मेडिकल कलेज उपचार गर्र्ने थलो भन्दा पनि विरामीहरुलाई ठग्ने स्वास्थ्य संस्थाका रुपमा विकसित हुँदै गएको छ ।

पछिल्लो समय सञ्चारकर्मी समेत रहेका केशु नेपालले आफ्नी आमाको ज्यान लुम्विनी अस्पतालको गलत उपचार गएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले विरामीको सेवामा भन्दा पनि कमाउ धन्दामा सक्रिय रहेको कलेजमा ३२ वर्ष भन्दा माथिको चिकित्सक देख्न नै नपाईने आरोप पनि लगाएका छन् । हुन पनि मेडिकल कलेजहरुले प्रशिक्षार्थी चिकित्सकहरुलाई विरामी उपचार गराउन लगाउने र औषधीको प्रयोगशाला जस्तै बनाएका कारण अन्य दीर्घ रोग देखि ज्याने समेत जाने गरेको घटना पटक पटक आउने गरेको छ ।

लुम्विनी मेडिकल कलेजले स्वास्थ्य बीमाका नाममा औषधी मात्र चलाउने तर रोग नै पत्ता महंगा औषधी खरिद गर्न लगाएर विरामीलाई जोगी बनाउने गरेको तथ्य समेत सार्वजनिक भएको छ । चर्को मूल्य लिएर विरामीको उपचार गरे जस्तो गरेपनि अस्पतालले सरसफाई देखि आवश्यक पूर्वाधारमा समेत चासो दिएको पाईँदैन । जसरी हुन्छ विरामीका आफन्तसँग रकम असुल्ने प्रपञ्च सो कलेजले लिने गरेको अधिकांश विरामीका आफन्तले गुनासो गरेका छन् ।

एक दिनको आईसीयुको शुल्क २५ हजार लिेन गरेको भएपनि सो अनुसार विरामीको उपचार नै नहुने गरेको उनीहरुको गुनासो छ । मन भित्र जति नै गुनासो भए पनि विरामीको उपचार गराउन आएकाले मौन बस्नु पर्ने वाध्यता रहेको समेत उनीहरुले इकालोपाटीसँग बताए ।

कतिपय गम्भीर प्रकृतिका विरामी भएपनि विरामीको संवेदनशीलतालाई ध्यान नदिई प्रशिक्षाथी विद्यार्थीहरु र तीन जना स्टाफको भरमा रातभर विरामी राख्ने गरेको विरामीका आफन्त बताउँछन् । त्यति मात्र होइन आईसियुमा राखिएका विरामीका लागि खरिद गरिएको औषधी विरामीलाई प्रयोग नै नगराई महंगा औषधी अस्पतालकै फार्मेसीमा लगेर बेच्ने गरेको विरामीको गुनासो छ ।

विरामीसँग चर्को मूल्य असुलेर लुट धन्दा मच्चाईरहेको लुम्विनी मेडिकल कलेजले कर्मचारी तथा स्वास्थ्यकर्मीलाई तलव समेत समयमा नै नदिने गरेको नाम नबनाउने शर्तमा एक स्वास्थ्यकर्मीले बताए । उनी भन्छन् ३/४ महिनामा तलव दिएपनि कुन उत्साहले काम गर्नु ? अस्पतालले समयमा नै तलव नदिने गरेका कारण पनि स्वास्थ्यकर्मीलाई औषधी लुकाउने प्रबृत्ति बढ्दै गईरहेको ती स्वास्थ्यकर्मीले बताए ।

राम्रो उपचार नपाउने गरेका कारण लुम्विनी मेडिकल कलेजमा उपचार गराउने र भर्ना भएका अधिकांश विरामीको लापरवाहीकै कारण मृत्युको मुखसम्म प्ुग्ने गरेको देखिन्छ । अस्पतालको अप्रेसन थिएटरदेखि अन्य भौतिक पूर्वाधार समेत लथालिङ्ग अवस्थामा छ । अस्पतालले भौतिक पूर्वाधार सुधार विरामीको उपचारमा संवदेशशीलता अपनाउन सकेको देखिँदैन । बरु विरामी हरेक घण्टा घण्टामा परिक्षण तथा औषधीका नाममा लुटिन वाध्य भएका छन् ।

विरामीमाथि लुट मच्चाउने यस्ता मेडिकल कलेजमाथि सरकारले कडा कार्वाही नगर्ने हो भने सयौ नागरिकहरुल अनाहकमा ज्यान गुमाउनु पर्ने संकेत देखिएको छ । यस अघि धेरै विरामीको अनाहकमा ज्यान गएको मात्र होइन जन्मिएको बच्चा अस्पताल भित्रैबाट हराएपनि निकै चर्चा भएको थियो ।