लागुऔषध दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लागुपदार्थको दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताएका छन् । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित एक समारोहमा उनले युवाहरुलाई दुव्र्यसनबाट बचाउनु सरकारसँगै समाजको पनि उत्तिकै दायित्व भएको धारणा राखेका छन् ।

गृहमन्त्री खाणले युवाको सुरक्षित भविष्य र आम नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । लागुपदार्थको दव्र्यसनका कारणले समाजलाई गम्भीर असर पारेको र त्यो असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेकातर्फ सचेत हुन उनले सबैमा अनुरोध गरेका छन् ।

कार्यक्रममा गृह मन्त्री खाणले लागूऔषधसँग सम्बन्धित लेखरचना समेटिएको ‘सुरक्षित जीवन’ नामक जर्नलको विमोचन गर्नुका साथै नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरो, नेपाल प्रहरी सङ्गीत विद्यालय तथा आसरा सुधार केन्द्र लगायत अन्य उत्कृष्ट उपचार तथा पुनर्स्थापना केन्द्रहरु र दिवसलाई सफल पार्न सहयोग गर्ने विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गरेका छन् ।

दुव्र्यसनमा फसेका युवालाई सुधार्न विषेश अभियान थाल्नुपर्नेमा खाणले गम्भिर जोड दिएका छन् । युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा चेतनामूलक कार्यक्रमका साथै पाठ्यपस्तकमा लागुऔषध दुव्र्यसनका असरबारेका विषयवस्तु समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने आवश्यकता मन्त्री खाणले औँलाएका छन् ।

लागूऔषध दुव्र्यसन र त्यसको अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको जानकारी दिदै, नेपालमा लागूपदार्थको दुरुपयोग र अवैध ओसारपसार चुनौतीको रुपमा आइरहेको छ, यसले समाजलाई गम्भीर असर पारेको छ, बढी युवा पुस्तामा असर गरेको समेत बताएका छन् । गृहमन्त्री खाणले भने, सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिबद्ध छ ।

मुलुकमा लागुऔषधसम्बन्धिको अपराधमा दोषी देखिएका छ हजार बढी मानिस कारगारमा रहेको र मुलुकभर हुने आपराधिक गतिविधिमध्य आठ प्रतिशतभन्दा बढी लागूपदार्थसँग सम्बन्धित रहेको गृहमन्त्री खाणले जानकारी दिएका छन् ।

मुख्य औषध नियन्त्रण अधिकारी डा.भीष्मकुमार भूसालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश सहित स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा गृहमन्त्रालय लागू औषध नियन्त्रण शाखाका प्रमुख गोकर्णप्रसाद उपाध्यायले शाखाको संक्षिप्त वार्षिक गतिविधि प्रस्तुत गर्नुका साथै उत्कृष्ट ५ नारा वाचन गरेका थिए । ।

कार्यक्रममा लागूऔषधविरुद्ध कार्य गर्ने विभिन्न संघसंस्थालाई सम्मानसमेत गरिएको थियो । ‘मानवीय स्वास्थ्य सङ्कटका बेला झन्, लागूऔषध चुनौतीको गरौँ सम्बोधन’ भन्ने मूलनाराका साथ आयोजित औपचारिक समारोह अघि सचेतनामूलक ¥यालीसमेत निकालिएको थियो ।

गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृहमन्त्रालयका महाशाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु, विद्यार्थी एवम् आमन्त्रित समेत उपस्थिति रहेको थियो ।