एनआईसी एशिया बैंकद्धारा हवाईटिकटमा २० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । बैंकले २०७९ आषाढ १२ गते देखि २०७९ आषाढ १८ गते सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले एनआईसी एशिया मोबाइल बैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् ।

डिजिटल बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एशिया मोबाइल बैंकमार्फत टिकट बुकिङमा ग्राहकहरुले पहिलो टिकट बुकिङमा रु ५ सय र दोश्रो पटकबाट १ सयसम्म रकम प्राप्त गर्न सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डले जानकारी दिइएका छन् ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्फ बैंकिङ्गको अभ्यासलाई सर्भिस मार्फत अघि बढाईरहेको छ । जसअनुसार बैंकले यस एपबाट निक्षेप खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाईन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको जानकारी, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, आइपिओ आवेदन लगायतका सुविधाहरू ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा उपभोग गर्न सेवा उपलब्ध गराएको छ ।