नाइजेरियामा अचानक आगलागी, पाँचको मृत्यु, नौ घाइते

काठमाडौँ । नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । उक्त आगलागीमा परि अन्य नौ जना घाइते भएको ट्राफिक प्रहरीले जानकारी गराएको छ ।

दक्षिणी राज्य ओगुनमा रहेको फेडरल रोड सेफ्टी कोर्प्स एफआरएससीका कमाण्डर अहमद उमरले बताएअनुसार राजमार्गको ओगुन करिडोरको छेउमा रहेको ओगेरेमा आगलागी हुँदा सो दुर्घटना भएको बताएका छन् ।

सो घठनामा मृतक पाँच जनामा कोही जलेका छन् भने घाइतेहरू मध्ये केहीमा विभिन्न चोटपटक लागेको बताइएको छ ।