तीनजान फरार प्रतिवादी पक्राउ

काठमार्डौँ । प्रहरीले तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–३ का ४६ वर्षीय दावा तामाङ, ललितपुरको टीकाथली–९ स्थायी घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ४५ वर्षीय सन्तोषी बस्नेत, पनौती नपा–११ का २५ वर्षीय विशाल तामाङ रहेका छन् । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए । दावा तामाङले जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालतले २०७२ वैशाख ८ गते दुई वर्ष ६ महिना कैद सजाय गरेको थियो ।

यस्तै विगो सन्तोषी बस्नेतलाई जिल्ला अदालतले २०७५ चैत २९ गते विगो रकम १ करोड २६ लाखवापत दुई वर्ष कैद सजायको फैसला गरेको थियो । यस्तै प्रहरीले सवारी ज्यान मुद्दाअन्तर्गत पनौती नपा–११ का २५ वर्षीय विशाल तामाङलाई जिल्ला अदालतले २०७५ जेठ १६ गते तीन दिन कैद र रु दुई हजार जरिवाना फैसला गरेको थियो ।