नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव संसदमा

काठमाडौँ । प्रतिनिधि सभामा नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सरकारका तर्फबाट गृह मन्त्री बालकृष्ण खाणले “नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका हुन्।
बैठकमा सांसद्हरुले सरकारको नागरिकता विधेयक फिर्ता लिने प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरे ।

सांसद भीम रावल, बिन्दा पाण्डे, विमला विश्वकर्मा, शान्ता चौधरी र झपड बहादुर रावल लगायतले विधेयकमा रहेका कमीकमजोरी सुधार गरेर पास गर्नुपर्ने भन्दै छलफलमा रहेको विधेयक फिर्ता लिन नहुने बताए ।

बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता लिनबाट वञ्चित नेपाली नागरिकहरूलाई छिटो भन्दा छिटो नागरिकता प्रदान गर्न नागरिकता विधेयक फिर्ता लिइएको बताए ।

उनले नागरिकता प्रदान गर्न बाधा उत्पन्न भएकाले नागरिकता नपाएका नेपाली नागरिकहरूलाई सहज रुपमा नागरिकता दिन विधेयक फिर्ता लिनुपरेको धारणा राखेका थिए ।